केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
nepalnews.com · Sun Oct 25 11:11:23 GMT 2026

माकुएनी। केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो। प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए। घाइतेहरूको उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)