शुक्रबार रातीसम्म १३७ को कोरोना संक्रमणबाट मृत्यु
news24nepal.tv · Fri Aug 21 23:39:22 UTC 2020
काठमाडौं, ०५ साउन । नेपालमा शुक्रबार रातीसम्म १३७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती दिएको जानकारी अनुसार अहिलेसम्म ४२ जिल्लाका १३७ जनाको ज्यान गइरसेको छ ।
जसमा शुक्रबार मात्रै ११ जना कोरोना संक्रमतको ज्यान गएको छ । तथ्याङ्कमा सबैभन्दा धेरै प्रदेश २ मा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या धेरै छ । प्रदेश २ मा मात्रै ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै बाग्मती प्रदेशमा २९ संक्रमितको मृत्यु भएको तथ्याङ्कमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)