मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जानकी मन्दिरमा डेढ शताब्दी पुरानो परम्परा

nepalnews.com · Sun Oct 25 11:15:18 GMT 2026

जनकपुरधाम। मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको आफ्नै विशिष्ट महत्त्व छ। विशेषगरी नवविवाहित जोडीका लागि यस पर्वको छुट्टै महत्त्व हुने गरेको छ। यही सांस्कृतिक विशिष्टतासँग जोडिएको जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको रतौलीस्थित ठाकुर परिवारबीचको परम्परा अहिले पनि जीवित छ।

परम्परागत रूपमा हरेक वर्षझैँ यस वर्ष पनि रतौलीबाट पाहुर (भार) जानकी मन्दिर ल्याइएको छ। करिब डेढ सय वर्षअघि स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट सुरु भएको यो परम्परालाई उनका सन्ततिले निरन्तरता दिँदै आएका छन्। यस वर्ष उनका पनाति नवीन ठाकुर पाहुर लिएर मन्दिर आइपुगेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)