तेस्रो तलाबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु
ratopati.com · Sun Oct 25 11:24:28 GMT 2026

मध्य प्रदेश (भारत) । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ केभी (११ हजार भोल्ट) उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर ६५ वर्षीय एक वृद्धको ज्यान गएको छ ।
गन्ज बासोदास्थित गायत्री नगरमा शुक्रबार भाडाको घरको तेस्रो तलाको बार्दलीबाट गुट्खा थुक्ने क्रममा स्थानीय ६५ वर्षीय प्रभु लाल गुप्ता अचानक उच्च भोल्टेजको तारको सम्पर्कमा पुगेका थिए । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको भारतीय पत्रिका दैनिक जागरणले लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)