एनपीएलको तयारी पूरा [भिडियो]
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ देखि ९९ प्रतिशतसम्म पूरा भइसकेको औपचारिक जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काले चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने र आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)