धरानमा सिराहाका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
thahakhabar.com
काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सिराहाकाेमिर्चैया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
संक्रमित पुरुष विराट मेडिकल कलेजबाट रिफर भइ १० गते प्रतिष्ठानमा भर्ना भएका थिए। खोकी, श्वास फेर्न कठिन भएको र भेन्टिलेटरमा राखी उपचार गरिएको र अस्पतालमा मृतकको २ पटक मिर्गौलाको डायलासिस गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)