पर्यटकको रोजाइमा घोडेपानी-पुनहिल
corporatenepal.com · Sun Oct 25 11:37:28 GMT 2026

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।
मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)