एनपीएलको पारदर्शितामाथि उठेका प्रश्नबारे यसो भन्छन् पारस खड्का
clickmandu.com · Sun Oct 25 11:47:50 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शितामाथि उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । उनले प्रतियोगिता सञ्चालनका क्रममा भएका कामकारबाहीमा सुधार गर्नुपर्ने पक्ष भए सच्याएर अगाडि बढ्ने बताए ।
आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले एनपीएल सञ्चालनका विषयमा सम्बन्धित निकायले उठाएका प्रश्नको जवाफ दिइसकेको जानकारी दिए । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरिसकेको उनले बताए । ती निकायबाट प्राप्त पत्रको जवाफसमेत दिइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)