एकीकृत ट्रेड युनियन महासंघको घोषणा
abhiyandaily.com
काठमाडौं (अस) । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)बाट विद्रोह गरेका श्रमिक तथा नेताहरूले नयाँ ट्रेड युनियन महासंघको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको शुभेच्छुक संगठनको रूपमा एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयू) शुक्रवार घोषणा गरिएको हो ।
महासंघको नेतृत्व विष्णुप्रसाद लम्सालले गरेका छन् । यस्तै, उपाध्यक्षमा जनार्दनबाबु कट्टेल, त्रिविक्रम ज्ञवाली, दिनेश राई, महासचिवमा दिपक कुमार पौडेल, उपमहासचिवमा रामनरेश सिंह, सुनिता थापालगायत केन्द्रीय समिति ५१ सदस्यीय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)