न्यूरोड गेटसँगै रहेको एक पसलमा आगलागी
pahilopost.com · Sun Oct 18 17:40:34 UTC 2020
काठमाडौँको न्यूरोड गेटसँगै रहेको एक पसलमा आइतबार राति आगलागी भएको छ। आइतबार राति करिब ९ बजेतिर आगलागी भएको हो। विद्युत सर्ट भइ आगलागी भएको हो। जुद्ध वारुण यन्त्रको दमकल तथा स्थानीयको सहयोगमा करिब आधा घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो। दमकल आउन ढिलाइ हुँदा क्षति बढेको स्थानीयको गुनासो छ। क्षतिको यकिन विवरण आइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)