काेराेना भाइरसबाट विश्वभरी मृत्यु हुनेको संख्या एक लाख नाघ्याे
nayapage.com · Fri Apr 10 17:57:33 UTC 2020
काठमाडाैं, २८ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा मृत्यु हुनेकाे संख्या एक लाख नाघेकाे छ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण शुक्रबार राति (शुन्य जिमिटी)सम्ममा मर्नेको संख्या एक लाख नाघेकाे संयुक्त राज्य स्थित जोन्स हकिन्स विश्वविद्यालयले जनाएकाे छ ।
काेराेना संक्रमणबाट विश्वमा भरी एक लाख चार सय ५१ जनाले ज्यान गुमाइसकेकाे छ । १६ लाख ६७ हजार ३४ जना सङक्रमित भएका छन् । यसैबीच यस रोगबाट ३ लाख ७० हजार एक जना भने निको भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)