स्वास्थ्य मापदण्ड पूरा गरेर पर्यटन चलायमान बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ
baahrakhari.com · Fri Nov 27 17:45:00 UTC 2020
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को साधारणसभा तथा ११औँ अधिवेशनको उद्घाटनमा मुख्यमन्त्री गुरुङले कोरोनाको त्रासले बाँधिएर नभइ अब स्वास्थ्य सतर्कतामा ध्यान दिएर पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताए ।
उनले भने, “अब कोभिडसँग सधैँ त्रसित भएर बाँच्न सकिँदैन, सतर्कता अपनाएर पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ, पोखरामा पर्यटक आकर्षकका विविध पक्ष भएकाले यसलाई व्यवसायीले प्याकेज बनाएर बेच्न सक्नुपर्छ ।” उनले पोखराको सौन्दर्यकरण लागि पनि प्रदेश सरकारले महानगरसँग समन्वय गरेर वातावरण मैत्रीपूर्वाधार विकासको लागि पहल गरेको बताए । पर्यटन शहरका रुपमा विकास गर्न व्यवस्थित बसपार्क, शिक्षा, खेलकूद, अत्याधुनिक अस्पताललगायत पूर्वाधारमा जोड दिएर पोखरालाई उत्कृष्ट गन्तब्यका रुपमा अन्तरराष्ट्रिय जगतमा चिनाउन प्रदेश सरकारले योजना ल्याएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)