रहेनन् म्याराडोना
ekantipur.com · Wed Nov 25 17:52:50 UTC 2020
ब्युनस आयर्स — फुटबलका हस्ती डिएगो म्याराडोनाको बुधबार नेपाली समयअनुसार राति ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।
ब्युनस आयर्स स्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । सो क्रममा उनलाई दुई साता अस्पतालमा राखिएको थियो । दुव्यवसनीका कारण उनी पटक पटक रोगसँग जुध्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)