शीतलहरले तराईको जनजीवन प्रभावित
gorkhapatraonline.com · Sat Jan 07 00:44:10 GMT 2023
काठमाडौँ, पुस २३ गते । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”
मध्यतराईको बारा जिल्लाको अवस्था पनि नेपालगञ्जको जस्तै छ। शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, “घामको मुख देख्न पाइएको छैन, चोकचोकमा दाउरा बालेरै ज्यान जोगाउन लागिपरेका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)