वीरमा खुल्यो ब्रेन ट्युमर केन्द्र
ekantipur.com · Tue Jun 13 00:47:04 GMT 2023
काठमाडौँ — ब्रेन ट्युमरका बिरामीलाई एकै ठाउँमा सबै किसिमको उपचार उपलब्ध गराउन वीर अस्पतालमा ‘राष्ट्र्रिय ब्रेन ट्युमर केन्द्र’ स्थापना गरिएको छ । चिकित्सा विज्ञान राष्ट्र्रिय प्रतिष्ठानअन्तर्गतको वीरको स्नायु शल्यक्रिया विभागमा उक्त केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा ब्रेन ट्युमरको शल्यक्रियासँगै स्नायु चिकित्सक, क्यान्सर विज्ञ उपलब्ध हुनेछन् । गत बिहीबारदेखि सञ्चालनमा आएको केन्द्रमा बिरामीले सीटी, एमआरआई, रेडियसन, किमो, थेरापी, विभिन्न परीक्षणसहित चिकित्सा सेवासमेत पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)