फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका
gorkhapatraonline.com · Sun Oct 25 12:18:32 GMT 2026

पर्यटन नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदै आएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा पनि फेवाताल किनारमा महोत्सव आयोजना भयो ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्वदेशी र विदेशीलाई टीका, जमरा लगाई सामूहिक रुपमा उत्सव मनाइएको छ । समारोहमा उपस्थित दुई दर्जनभन्दा बढी विदेशी र सयौं स्वदेशीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले टीका, जमरासहित आशिष प्रदान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)