मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण

ekantipur.com · Sat Jun 01 23:53:47 UTC 2024

नयाँदिल्ली — शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ ।

शनिबार सातौं तथा अन्तिम चरणको मतदान सकिएलगत्तै एक्जिट पोलहरूले चुनावी नतिजाको प्रक्षेपण सार्वजनिक गरेका छन् । अधिकांश ‘एक्जिट पोल’ ले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण गरेका छन् । २०१४ र २०१९ को चुनावमा अत्यधिक बहुमतले भारतीय जनता पार्टीले चुनाव जितेको थियो । मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)