बेवारिसे अवस्थामा जमुनाह हेल्थ डेस्क : विद्युत् लाइन काटियो, ६० लाखका दुई मेसिन अलपत्र
nayapatrikadaily.com · Wed Dec 27 00:36:00 GMT 2023
नेपाल–भारत सीमाअन्तर्गत जमुनाह नाकास्थित जमुनाह हेल्थ डेस्क बेवारिसे भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि बेवारिसे भएको हो । कामका लागि भारत गएर स्वदेश फर्किने नेपालीको क्षय, कुष्ठ, मलेरिया र कोरोना जाँचका लागि स्थापना गरिएको हेल्थ डेस्क एक वर्षदेखि अलपत्र परेको हेल्थ डेस्कका एचए सुरेन्द्र चलाउनेले बताए । विद्युत् महसुुल नतिर्दा लाइन काटिएको बताए । ‘प्रदेश सरकारले स्वामित्व नलिँदा बिजुली काटिएको छ । झ्याल, ढोका फुटेर टालटुल पारेर काम चलाइरहेका छौँ,’ उनले भने ।
किट नहुँदा विगत वर्षदेखि कोरोना जाँच हुन सकेको छैन । विद्युत् नहुँदा किट र औषधि राख्ने फ्रिज बन्द भएको उनले बताए । सोलार सिस्टमको विद्युत्बाट एउटा बत्ती मात्र बाल्दै आएको उनको भनाइ छ । ‘विद्युत् नहुँदा किट, औषधि र मलेरिया जाँचका लागि लिएको स्याम्पल राख्न समस्या भएको छ नै, ल्याब र कार्यालयको अन्य उपकरण सञ्चालनमा ल्याउन सकिएको छैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)