मोटरबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ४ जना बेपत्ता
ratopati.com · Sun Oct 25 12:31:02 GMT 2026

काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा भएको मोटरबोट दुर्घटनामा ९ जना सकुशल बाहिर निस्केको र मोटर बोट सप्तकोशी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
भोजपुरबाट बराह क्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको उनले बताएका छन् । मोटरबोटमा १६ जना सवार रहेको समेत प्रवक्ता थापाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)