मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली महिला टिम ‘एसिया कप’ पुग्न असफल

himalpress.com · Wed Jun 10 04:30:15 GMT 2026

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले महिला एसिया कप २०२६ खेल्ने अवसर गुमाएको छ। दुई साता अघि नेपाल एसियन गेम्स छनोट हुन समेत असफल भएको थियो। २०२४ को महिला एसिया कप खेलेको नेपाललाई पुनः एसिया कपमा स्थान बनाउन एसीसी वुमेन्स प्रिमियर कपको सेमिफाइनल पुग्न आवश्यक थियो। तर क्वार्टरफाइनलमा बलियो टोली थाइल्याण्डसँग ५६ रनले पराजित भएपछि नेपालको यात्रा अन्त्य भएको छ। यस जितसँगै थाइल्यान्ड भने एसिया कप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)