कांग्रेस महाधिवेशनः मतदान सकियो, ४६७९ मत खस्यो
baahrakhari.com · Mon Dec 13 18:12:00 GMT 2021
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको मतदान कार्यक्रम सकिएको छ । विहान साढे ११ बजेबाट सुरु भएको मतदान भर्खरै सम्पन्न भएको हो ।
चार हजार ७४३ मतदाता रहेकोमा चार हजार ६७९ मत खसेको छ । मतदानको कार्यक्रम सकिएकाले अबको केही समयपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । सुरुमा सभापतिको मतगणना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)