सरकारको उपेक्षामा परेको वर्ग
nayapage.com · Wed Jun 03 17:30:59 UTC 2020
काठमाण्डौं, २१ जेठ । दैनिकभत्ताले परिवार चलाउने वर्गमा पर्छन यातायात मजदुर । जसको संख्या देश भरी करिव ११ लाख रहेको छ । तर, अढाई महिनादेखि जारी लकडानका कारण सवारी साधनहरु घर,ग्यारेजमा थन्किएका छन् ।
मासिक तलव नपाईने र कमाएको पैसा संचय गर्न नपुग्ने भएकाले दुई चारदिनको बन्दमा पनि यातायात मजदुरहरुको घरमा चुल्हो जोर्न धौ-धौ पर्छ । यतिका दिनसम्म पेशा नै ठप्प हुंदा यातायात मजदुरहरुको परिवारले कस्तो संकट झेलिरहेको होला, सहजै अनुमान लगाउन सकिन्छ । पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेको थियो । दोस्रो चरणको लकडाउनको समय थपेदेखि नै यातायात मजदुरहरुमा संकट सुरु भईसकेको थियो । र चैत्रको अन्तिमतिरबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्ना सदस्यहरुलाई राहत सहयोग गर्नुपर्ने अवस्था आईसकेको बताउँदै राहत वितरण गरेकाे थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)