पाँच अस्पतालमा जलन वार्ड
gorkhapatraonline.com · Tue Jul 11 06:56:12 GMT 2023
काठमाडौँ, असार २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड आउँदो साउनदेखि सुरु हुने बताउनुभएको छ ।
स्वास्थ्यमन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सोमबार सार्वजनिक गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आउँदो साउन १ देखि जलन वार्ड सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “साउन १ देखि नै वीरमा बिहान आठ बजेदेखि ओपिडी सेवा सञ्चालन हुने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)