हानि–नोक्सानी कोषको ३ अर्ब : नेपालको 'नैतिक विजय' मात्र
ratopati.com · Sun Oct 25 13:12:16 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्यो । भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीले पुर्याएको क्षतिपछि अन्तर्राष्ट्रिय समुदायबाट एउटा महत्त्वपूर्ण आर्थिक सहयोगको घोषणा भएको हो ।
जलवायु परिवर्तनका कारण हुने विपद्लाई सम्बोधन गर्न स्थापना गरिएको उक्त कोषले नेपालकै मागबमोजिम २० मिलियन अमेरिकी डलर अनुदानको निर्णय भएको हो । जलवायु कूटनीतिका दृष्टिले नेपालले कोषको स्थापनाको छोटो समयमै पहिलो चरणमै यो बहुप्रतीक्षित कोषबाट अनुदान पाउनुलाई एउटा ऐतिहासिक कोसेढुङ्गा मानिएको छ । तर, विपद्ले पारेको क्षतिको भयावह चित्र र आवश्यक पुनर्निर्माण बजेटसँग यो रकमलाई तुलना ‘हात्तीको मुखमा जिरा’ हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)