दुर्घटनाका एक घाइतेको मृत्यु
gorkhapatraonline.com · Sun Oct 25 13:25:06 GMT 2026

पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँके जङ्गलमा शनिबार मध्याह्न ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)