मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी र अफगानी सेनाबीच गोली हानाहान, के हो विवाद ?

lokaantar.com · Fri Dec 16 00:03:41 GMT 2022

पाकिस्तान र अफगानिस्तान सीमामा गोली चलेको छ । पाकिस्तानी अधिकारीकाअनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

अफगान सैनिक दक्षिणपश्चिममा रहेको चमन बोर्डर नजिक असैनिक इलाकामा गोली चलाएका थिए । सोपछि सीमा क्षेत्रमा रहेको केही गाउँ उनीहरुले खाली गराएका थिए । सञ्चारमाध्यमका अनुसार त्यहाँका अस्पताल र क्षेत्रलाई सचेत गराउने काम भएको छ । यसअघि पाकिस्तान र अफगान सैनिकबीच भएको झडपमा ६ जनाको ज्यान गएको थियो । तालिवान सैनिकले पहिले पाकिस्तानी सैनिक जवानले गोली चलाएको बताएको छ । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ताका पहल भइरहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)