महँगीको मार, मौन सिंहदरबार
annapurnapost.com · Mon Aug 24 00:22:48 GMT 2026

अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार माग बढ्दा वा आपूर्ति घट्दा महँगी स्वतः बढ्छ। यो खुला बजार अर्थनीतिको आधारभूत नियम हो। तर, हाल नेपालमा उपभोग्य वस्तुहरूमा जसरी अस्वाभाविक मूल्यवृद्धि भइरहेको छ, त्यसमा यो सिद्धान्त लागू भएको देखिँदैन। बजारमा न कुनै वस्तुको आयात वा आपूर्तिमा कमी छ, न त माग नै ह्वात्तै बढेको छ; यद्यपि महँगी भने चरम उत्कर्षमा छ।
दैनिक घरायसी उपभोग्य वस्तुअन्तर्गत चामलको भाउ बोरामै उल्लेख्य बढेको छ भने चिनी प्रतिकिलो १५ रुपैयाँ महँगिएको छ। घिउ, तेल, दाल, जिरा, धनियाँलगायत धेरै वस्तुको मूल्य अचाक्ली बढेको छ। नयाँ सरकार गठनयता मूल्यसूची निरन्तर उकालो लागिरहेको देखिन्छ। २०८२ चैत १ देखि २०८३ भदौ १ गतेसम्मको ५ महिनामा काठमाडौं उपत्यकालगायत देशैभरि खाद्यान्न र खाना पकाउने ग्यासको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)