भक्तपुरको नवदुर्गा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको सहयोग
annapurnapost.com · Sun Oct 25 13:49:02 GMT 2026

भक्तपुर : भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दीरमा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले मन्दीर व्यवस्थापनका समितिका अध्यक्ष बालगोपाल बनमालालाई सो रकम हस्तान्तरण गरेका छन्।
सो अवसरमा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति त्यसैगरी प्रतिनिधि सभा सदस्य रुकेश रन्जित, डा गङ्गालक्ष्मी अवाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का समेत उपस्थित थिए। नवदुर्गाको पूजा व्यवस्थापनमा सहयोग स्वरुप रकम उपलब्ध गराएको मुख्यमन्त्री थापामगरले बताएका छन्। प्रदेश सरकारले सो सहयोग हरेक वर्ष प्रदान गर्ने गरी निर्णय गरिएको समेत उनले जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)