शितलनिवास नलगिएकोमा श्रेष्ठ असन्तुष्ट !
reportersnepal.com · Mon Jul 06 17:24:44 UTC 2020
काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । राष्टपतिविरुद्ध महाअभियोग ल्याउन लागिएको र आफूलाई दुवै पदबाट हटाउन षड्यन्त्र भैरहेको भनेर प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई सुनाएपछि उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै तीन जना नेताहरु राष्ट्रपति भेट्न शितलनिवास पुगेको हुन् ।
तर, राष्ट्रपतिलाई भेट्न जाँदा आफूलाई नलगिएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यक्ष दाहालसँगै बरिष्ठ नेताहरुसँग असन्तुष्ट बनेको स्रोतको दाबी छ । राष्ट्रपतिसँगको भेटमा नेता श्रेष्ठपनि सहभागी हुन चाहन्थे । तर, शीर्ष नेताहरुले उनलाई उक्त भेटमा सहभागी नगराएको खुल्नमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)