डा. भीमार्जुन आचार्यको प्रश्न : कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाईँलाई विषयान्तर त गर्न खोजेको होइन ?
reportersnepal.com · Sun May 24 18:10:24 UTC 2020
काठमाडौं, ११ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाउने निर्णय गरेकोमा प्रश्न उठाएका छन् । आचार्यले सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन ? भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्,’पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन?आखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टडकारो के थियो? यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)