असहायलाई अस्थायी आवास
ekantipur.com · Fri Dec 08 16:48:09 GMT 2023
बझाङ — गत असोज १६ गते आएको भूकम्पले छबिसपाथीभेरा गाउँपालिका–१, सुँगालाकी लछु गिरीको घर भत्कियो । उनी बिरामी श्रीमान्सहित ६ छोरी लिएर खोला किनारमा त्रिपालमुनि बस्न थालिन् । पालमुनि बस्दा चिसो लागेर उनका श्रीमान् राम गिरीको कात्तिक ११ गते मृत्यु भयो ।
जन्डिस भएका श्रीमान्लाई त्रिपालभित्रै गुमाएकी लछुलाई पतिवियोगको पीडासँगै नाबालिका ६ छोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्न थालेका बेला विष्णु ऐडी भेटिए । भूकम्पले घरबारविहीन भएकी लछु जस्तै असहाय खोज्दै उनको गाउँ पुगेका ऐडीको समूहले केही दिनमै टिनको नयाँ टहरो निर्माण गरेर गएको लक्ष्मीपूजाको दिन उनीहरूलाई हस्तान्तरण गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)