निर्देशिका तयार गर्न मन्त्रीको निर्देशन
gorkhapatraonline.com · Sun Aug 13 06:24:19 GMT 2023
काठमाडौँ, साउन २८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास सङ्घ, प्रदेश र स्थानीय तह समन्वय निर्देशिका सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ ।
कृषि तथा पशुपन्छीतर्फ सङ्घ, प्रदेश तथा स्थानीय तहबिच समन्वयमा समस्या देखिएपछि कृषिमन्त्रीको निर्देशनमा निर्देशिका बनाउन मन्त्रालयले सुरु गरेको थियो तर त्यो सुरु भएको लामो समय भए पनि हालसम्म तयार नहुँदा मन्त्री भुसालले सो निर्देशन दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)