मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मनसुनी वर्षा - अहिलेसम्म सरदरको साढे ४३ प्रतिशतमात्रै वर्षा, अब केही दिन देशभर पानी पर्ने सम्भावना

Ujyaaloonline.com · Mon Jul 31 00:50:08 GMT 2023

काठमाण्डाै – यस वर्ष जेठ १८ गतेदेखि आज आइतवारसम्ममा गएको वर्षको तुलनामा झन्डै १५ प्रतिशतले कम पानी परेको छ । गएको वर्ष जेठ १८ गतेदेखि साउन १४ गतेसम्ममा सात सय ५३ दशमलव १६ मिलिमिटर पानी परेकोमा यस वर्ष त्यही अवधिमा छ सय ४३ दशमलव दुई मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाले जनाएको छ ।

यस वर्ष आजसम्म परेको पानी मनसुन अवधिभर हुने सरदर वर्षाको तुलनामा ४३ दशमलव सात प्रतिशतमात्रै हो । नेपालमा मनसुन अवधि अर्थात् जेठ १८ देखि असार १३ गतेसम्ममा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुन्छ । यस वर्ष मनसुन शुरु हुने बेलैमा मौसमविद्हरूले सरदरभन्दा कम पानी पर्ने अनुमान गरेका थिए । अहिलेसम्म अनुमानअनुसार नै कम पानी परेको हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईं जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)