भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर नेपाली सेनाको गम्भीर ध्यानाकर्षण
himalkhabar.com · Thu May 28 17:46:34 UTC 2020
"उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु-याउने उद्देश्यबाट प्रेरित देखिन्छ" सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ।"
सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्रीबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)