मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए

barnanmedia.com · Sun Oct 25 14:19:22 GMT 2026

सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका प्रमुख एसपी पुष्पराल मल्लले बताए । बोटमा सवार अन्य एक दर्जनबढी यात्रुको अवस्थाबारे अझै केही भन्न नसकिने मल्लको भनाइ छ ।

भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको यात्रुवाहक बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भइसकेपछि भने यत्रो स्थानीय प्रशासन र प्रहरीले ती बोट बिनादर्ता र बिनाअनुमति सञ्चालनमा रहेको जनाएको छ । सप्तकोशीको तीव्र बहाव र ढुङ्गायुक्त जोखिमपूर्ण जलमार्गमा कुनै पनि कानुनी प्रक्रिया, मापदण्ड र सुरक्षा प्रबन्धबिनै एक दर्जनभन्दा बढी सस्ता बोटहरू खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)