म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
rajdhanidaily.com · Sun May 17 09:13:00 GMT 2026

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए ।
छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए । अहिले घर फर्किएर दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । “अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)