म्याग्दीको गाजनेमा सुरु गरियो स्याउखेती
himalpress.com · Sun May 17 09:09:28 GMT 2026

म्याग्दी- बेनी नगरपालिका-५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ। प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो। फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए।
६ वर्ष सरकारी जागिर गरेपछि ७ वर्ष इराकमा बिताएका उनले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए। अहिले घर फर्किएर रु दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए। ‘अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)