नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट भएन
kendrabindu.com · Wed Jun 10 04:40:43 GMT 2026

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
टी-२० विश्वकप
काठमाडौँ
महिला एसिया कप