मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत

nepallive.com · Sun Oct 25 14:58:19 GMT 2026

काठमाडौ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि पेस गरेका तीनवटै बहुआयमिक परियोजनाहरू जलवायु अनुकूलन कोष (Adaptation Fund) को ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत तीनवटै परियोजनाहरू स्वीकृत हुनुलाई मन्त्रालयले एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यो सफलताले नेपालको पर्यावरण क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न र जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्दै पुग्ने क्षति कम गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)