दशैंमा पनि थन्किए यातायातका साधन, पार्किङमै खिया लाग्न थाल्यो
hamrakura.com · Sat Oct 31 16:41:00 UTC 2020
बेलबारी। कोरोना भाइरसको सक्रमणबाट बच्न गरिएको बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प थिए। झन्डै सात महिना पछि गत असोज १ गतेबाट लामो तथा छोटा दुरीका सार्वजनिक सवारी साधन संचालन आएपनि यात्रु नहुँदा दशैंमा पनि अधिकाश यातायातका साधन सडकमा गुड्न सकेनन् । बरु लामो समयदेखी पार्कीङ क्षेत्रमा थन्किएका सार्वजनिक सवारीका साधनहरुमा खिया लागेर बिग्रन थालेका छन् ।
गाडी संचालन गर्ने अनुमति सरकारले दिएपछि केहि दिन यात्रु पर्खेर यातायातका साधन संचालन गरेपनि दैनिक डिजेल हाल्ने बराबरको पैसा समेत नउठेपछि पुन पार्कीङ क्षेत्रमा नै थन्काइएको बेलबारीका यातायात व्यवसायी शंकर गुरुङ बताउँछन् । 'अघिल्ला बर्षहरुका दशैंमा गाडी भित्र यात्रुहरु खचाखच भएका कारण खुटा टेक्न ठाँउ समेत हुदैन थियो यो बर्ष दिनभरी कुदाउदा पनि ५० जना यात्रु पाउन मुस्कील छ,' उनले भने, 'सवारीका साधन नचले पनि बैंक तथा बित्तिय संस्थाहरुले गाडीको किस्ता तिर्न ताकेत गरेर हैरान पारेका छन् ।' गुरुङले लकडाउन हुँदा बन्द भएका सार्वजनिक सवारीका साधन खुले पनि यात्रु नुहुँदा राखेकै ठाँउमा सवारी साधन बिग्रने अबस्थामा पुगिसकेका बताए । सार्वजनिक यातायात व्यवसायीहरु कोरोनाको सबैभन्दा ठूलो मारमा परेको गुरुङले गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)