मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहकारी महासंघमा एमाले प्यालन विजयी

ekantipur.com · Sun Jan 14 01:16:56 GMT 2024

काठमाडौँ — राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । महासंघको ३१औं साधारणसभाले मल्ललाई निर्विरोध अध्यक्षमा चुनेको हो ।

सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित हुने मल्ल पहिलो महिला हुन् । ०५० सालमा स्थापना भएको महासंघमा यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)