रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि
ratopati.com · Sun Jun 02 00:07:00 UTC 2024
वेम्बले । रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रियलले राम्रो प्रदर्शन गर्न सकेन भने डर्टमन्डका करिम अडेयेमीले दुईवटा गोलको अवसर खेर फालेका थिए । निकलास फुलक्रुगको प्रयास गोलपोस्टमा लागेको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले पनि थुप्रै बचाऊ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)