मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा ‘जनयुद्ध’ को रङ देखिएको ओलीको आरोप

ekantipur.com · Sun Jun 02 00:09:52 UTC 2024

काठमाडौँ — सत्तारूढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा माओवादी ‘जनयुद्ध’ को रङ दिएको भन्दै आलोचना गरेका छन् । त्यही कारणले बजेट माओवादीतिर ढल्केको उनको आरोप छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै बैठकमा प्रस्तुत गरेको बजेटलाई ओलीले ‘अन्योलग्रस्त’ र ‘गम्भीर त्रुटि’ भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार समाजवाद उन्मुख बजेट ल्याउन सफल भएको भन्दै यसको पक्षमा दृढतापूर्वक उभिन माओवादी सांसदहरूलाई निर्देशन दिएका छन् । उता, ओलीले एमालेका सांसदलाई समर्थन र आलोचना गर्न निर्देशन दिएका छन् । बजेटमा एमालेले अस्वीकार गर्दै आएको माओवादी ‘जनयुद्ध’ लाई सम्बोधन गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । यसअघि सशस्त्र संघर्ष प्रयोग गर्दै आएकोमा यस पटक बजेटका २ नम्बर बुँदामा २००७, २०४६ को आन्दोलन, २०६२/६३ को जनआन्दोलनसँगै २०५२ को ‘जनयुद्ध’ शब्द प्रयोग भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)