चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते
annapurnapost.com · Sun Oct 25 15:21:00 GMT 2026

काठमाडौं : चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। आइतबार दिउँसो कालिस्टारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका हुन्।
दुर्घटनाका घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)