‘कुन्चा’ सरे पनि अध्यागमन कार्यालय खलङ्गामै
gorkhapatraonline.com · Wed Jun 10 04:48:22 GMT 2026

विगतमा सौका समुदायको ‘कुन्चा’ सँगै छाङ्रु सर्ने गरेको साविकको सीमा प्रशासन कार्यालय हालको अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर सदरमुकाम खलङ्गामै रहेको छ।
साविकको सीमा प्रशासन कार्यालय वैशाखको पहिलो सातामा सौका समुदायको ‘कुन्चा’ सँगै व्यास गाउँपालिका–१ छाङ्रुमा सर्ने गरेको थियो। तर तत्कालीन मन्त्रिपरिषद्को बैठकले २०८१ कात्तिक ८ गते सीमा प्रशासन कार्यालय व्यास छाङ्रु, दार्चुला खारेज गर्दै अध्यागमन तथा सीमा प्रशासन कार्यालय नामकरण गरेपछि त्यसयता कार्यालय सदरमुकाम खलङ्गामै रहेको अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्करका निमित्त कार्यालय प्रमुख गोपालसिंह बोहराले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)