आईसीसी टी–२० विश्कप क्रिकेटमा नयाँ च्याम्पियन अस्ट्रेलिया
annapurnapost.com · Sun Nov 14 23:12:00 GMT 2021
दुबई : आईसीसी टी–२० विश्वकपमा नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो।
टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ रनको चुनौती दिएको थियो। सो चुनौती अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)