एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार
nepalnews.com · Sun Oct 25 15:34:59 GMT 2026
काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार राशि सार्वजनिक गरेका हुन्।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। अध्यक्ष चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै सरकारले पनि टोलीका लागि उचित पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)