मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेश बमको आग्रह : टिकट पास नमाग्नुहोला

ratopati.com · Sun Oct 25 15:41:34 GMT 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेलको टिकट तथा पासका लागि आफन्त र साथीभाइबाट दबाब आएपछि विराटनगर किंग्सका खेलाडी लोकेश बमले सामाजिक सञ्जालमार्फत पास नमाग्न आग्रह गरेका छन् ।

बमले एनपीएल खेल सुरु हुने अघिल्लो दिन अर्थात् आज आइतबार बेलुका सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन्, ‘मेरा सम्पूर्ण परिवारजन, साथीभाइ र आफन्तजनहरूमा, म सबैलाई एनपीएल टिकट पासहरू नमाग्न अनुरोध गर्दछु, किनकि हामीले कुनै पनि पासहरू पाइरहेका छैनौं । धन्यवाद ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)