भदौ १ देखि सञ्चालन गर्ने भनिएका सेवा तत्काल नखुल्ने
ekantipur.com · Sun Aug 09 16:58:02 UTC 2020
काठमाडौँ — सरकारले कोभिड १९ को संक्रमण र मृत्युको संख्या बढ्न थालेकाले आउँदो भदौ १ गतेबाट सुचारु गर्ने भनिएका सेवाहरु तत्काल सञ्चालन नगर्ने भएको छ ।
भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण जोखिम झन् बढेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच तत्कालका लागि सरकारले यसअघि सञ्चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा पुगेको एक मन्त्रीले जानकारी दिए । यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)