मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दूध उत्पादक किसानलाई अनुदान

nepalsamaya.com · Mon Jul 31 17:59:00 GMT 2023

मध्यविन्दु- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० अनुदान दिने भएको छ। किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार गत आवमा प्रतिलिटर पाँच अनुदान दिइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)